राजनीति

गठबन्धनको आडमा माओवादीको फूर्ति बढ्यो: टोपबहादुर

Banner

रुपन्देही, चैत ४-

नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले गठबन्धनले गर्दा तेस्रो स्थानमा रहेको नेकपा माओवादीको सबैभन्दा बढी फूर्ति बढेको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको नवौं जिल्ला अधिवेशनको शनिबार सन्धिखर्कमा उद्घाटन कार्यक्रममा संसद्‌मा रहेका ठूला दल सरकार बाहिर रहेर तेस्रो दलले सरकारको नेतृत्व गर्नु गठबन्धनको उपज भएको उनको टिप्पणी थियो । अरु दलकै सहारामा संसद्‌मा तेस्रो दल रहेको पार्टीको सबैभन्दा बढी फूर्ति भएको उनले बताएका छन् ।

रायमाझीले ठूला पार्टी एकातिर छन्, गठबन्धनका कारण तेस्रो माओवादी केन्द्रले धेरै फूर्ति लगाएको आरोप लगाए । उनले वर्तमान गठबन्धन धेरै समय नटिक्ने र यसले देशको विकास गर्न नसक्ने दाबी गरे ।

आउँदो चुनावमा संसद्‌मा ५१ प्रतिशत एमाले सांसद बनाउनका लागि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन भएको रायमाझीले दाबी गरे । पार्टीलाई कार्यगत एकता, संगठनको स्थिति मजबुद, वैचारिक, राजनीतिकरुपमा बलियो एमाले बनाउन ग्रासरुट अभियान सुरु भएको उनको भनाइ छ ।

पाँच दलीय गठबन्धन भएर घेराबन्दी गर्दा पनि लोकप्रिय मतका आधारमा पहिलो दल भएको दाबी गर्दै पछिल्लो समय एमालेको विरुद्धमा देशी, विदेशी शक्तिकेन्द्र लागेको उनले बताए । उनले एमाले प्रतिपक्षमा भए पनि देश, जनता, लोकतन्त्र, राष्ट्रियता, विकास, समृद्धि र सुशासनको पक्षमा सधैं रहेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>