चितवन विशेष

स्ववियु निर्वाचनको बाँकी प्रक्रिया तत्काल अघि बढाउन नेविसंघ चितवनको आग्रह

Banner

चितवन, चैत ३–

चितवनका विभिन्न क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया स्थगित गरेकोमा नेपाल विद्यार्थी संघ चितवनले आपत्ति जनाएको छ । निर्वाचन स्थगित गरेकोमा गम्भिर ध्यानाकर्षण भएको भन्दै नेविसंघले निर्वाचनको बाँकी प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको छ ।

निर्वाचन गराउने वातावरण नभएको भन्दै विरेन्द्र बहुमुखी क्याम्पस र सप्तगण्डकी बहुमुखी क्याम्पसले शुक्रबार सूचना निकालेर निर्वाचन प्रक्रिया स्थगित भएको बताएका छन् । विद्यार्थीको मताधिकार छिन्ने हेतुले क्याम्पस प्रशासनहरुद्वारा निर्वाचन स्थगित गरेको अलोकतान्त्रिक कार्यप्रति नेविसंघले निन्दा गरेको छ ।

नेविसंघ चितवनका अध्यक्ष राजेश भुसालले आज (शुक्रबार) एक विज्ञप्ति जारी गरी निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेका हुन् । अन्यथा त्यसबाट सिर्जित परिस्थितीको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन हुने उनले चेतावनी दिएका छन् ।

‘विभिन्न विद्यार्थी संघ संगठनहरुले तालावन्दी गरेको बहाना गराई ८० प्रतिशत भन्दा वढी निर्वाचन प्रक्रिया अगाडि बढीसकेको अवस्थामा पनि विभिन्न क्याम्पस प्रशासनले अनिश्चितकालका लागि स्ववियु निर्वाचन स्थगन गरेकोमा नेपाल विद्यार्थी संघ चितवनको गम्भिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र पब्लिक क्याम्पसहरुमा चैत ५ गते स्ववियु निर्वाचन हुँदै छ । चितवनमा १७ क्याम्पसमा चुनाव तयारी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>