राजनीति

दुर्गा प्रसाईका गतिविधि नियन्त्रणमा नलिए प्रतिकार गर्ने ओलीको चेतावनी

Banner

काठमाडौं,चैत ३-

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा देशद्रोही अभियान चलाईरहँदा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले व्यवसायी दुर्गा प्रसाईका देशद्रोही गतिविधिलाई सरकारले तत्काल नियन्त्रणमा नलिए जनताले त्यसको प्रतिकार गर्ने चेतावनी दिए। उनले साग र साईकल सस्तोमा पाईन्छ भनेर देश नै अर्को देशमा मिसाई दिने अभिव्यक्ति दिनेलाई सरकारले किन नसुनेको भनि प्रश्न समेत गरे।

उनले भने, ‘अहिले त अचम्म लाग्छ–सरकारको नोटिसमा छ कि छैन, सरकारले गराएको होकि होइन ? एउटा मान्छे कुद्छ, दुईटा मान्छे कुद्छ, एक हुल मान्छे कुद्छ। केही पेड मान्छेहरु थपडी बजाउन त्यहाँ पठाईन्छ। यो देश सार्वभौमसत्ता सम्पन्न राष्ट्र राख्न भन्दा विदेशीलाई बुझाई दियो भने, सुम्पिदियो भने साग सस्तो पाईन्छ, साईकल सस्तो पाईन्छ। किन यो देश राख्ने भन्छ ? सरकार सुन्छ कि सुन्दैन ? यो देशको सन्तान भन्न पनि नसुहाउँने, देशद्रोही कुरा गरेर मान्छे हिँडी राख्या छ। सरकारले लगाएको होकि नलगाएको हो ? सरकार सुन्छ कि सुन्दैन ? के यही प्रचार, यही अभियान जनताले प्रतिवाद गर्न नपरोस्।’ अध्यक्ष ओलीले राष्ट्र र राष्ट्रियताको विरुद्धमा वकालत गर्नेहरुलाई नेपाली जनताले नछाड्ने र त्यसमा आफ्नो पार्टीको साथ रहने बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>