चितवन विशेष

तीन विषयमा स्नातक गरेका सुदिप बने भरतपुरको वीरेन्द्र क्याम्पसमा स्ववियु सभापतिको उम्मेदवार

Banner

चितवन, फागुन २२ –

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापतिको उम्मेदबारमा एमाले निकट अनेरास्ववियुले सुदिपप्रसाद पौडेललाई चयन गरेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) वीरेन्द्र क्याम्पस कमिटीको बैठककले पौडेललाई सभापतिको उम्मेदबार बनाउने निर्णय गरेको हो । पौडेललाई उम्मेदवार बनाउन बनाउन क्याम्पस कमिटीका इन्चार्ज विज्ञान अधिकारीले प्रस्ताव गरेपछि बैठकले सो प्रस्तावलाई निर्विरोध पारित गरेको हो ।

को हुन् सभापतिका उम्मेदवार पौडेल ?

अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष समेत रहेका पौडेल विद्यार्थीहरुमाझ निकै लोकप्रिय विद्यार्थी नेता हुन् । माडी नगरपालिका–७ कल्याणपुरमा जन्मिएका सुदिपले जनकल्याण माविबाट एसएलसी उतीर्ण गरेपछि भरतपुरको मिलेनियम कलेजबाट उच्च मावि उतीर्ण गरेका थिए । उनले अहिले वीरेन्द्र बहुमुखी क्याम्पसबाट दुई संकायमा तीन वटा विषयमा स्नातक गरेका छन् । वनस्पतीशास्त्रमा बीएस्सी गरेका उनले मानविकी संकायमा बीएमा समाजशास्त्र र राजनीति शास्त्रमा पनि स्नातक उतीर्ण गरेका छन् । अब उनी कुनै एक विषयमा स्नातकोत्तर गर्ने तयारीमा छन् ।

स्ववियु सभापतिको उम्मेदवारमा चयन भएपछि उनले नारायणी अनलाइनलाई भने, ‘ प्रशासनिक कामलाई छिटोछरितो र विद्यार्थीमैत्री बनाउन मेरो मुख्य भूमिका हुनेछ । विद्यार्थीहरुले पाउने स्वास्थ्य बिमाको सुविधालाई अझ सहज बनाउन प्रयास गर्नेछु ।’ २१ सदस्यीय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि अनेरास्ववियुले अन्य पदका लागि उम्मेद्वारको नाम टुंगाइसकेको छैन । वीरेन्द्रमा ६ हजार विद्यार्थीको प्रारम्भिक मतदाता नामावली सार्वजनिक भइसकेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>