समाचार

चितवन–२ को उपनिर्वाचन स्थगित नभए बहिस्कार गर्ने प्रभु साहको पार्टीको चेतावनी

Banner

काठमाडौँ, फागुन २१–

प्रभु साह नेतृत्वको आम जनता पार्टीले चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचन स्थगित गर्न आग्रह गरेको छ । बैशाख १० गते हुन लागेको उपनिर्वाचन स्थगित नभए निर्वाचन बहिस्कार गर्ने आजपाको चेतावनी छ ।

चितवन २ मा उपनिर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई साहको पार्टीले पक्षपाती, द्वेष र हतारो भएको जनाएको छ । सो पार्टीका प्रवक्ता चन्द्रभुषण साहले चितवन–२ को उपनिर्वाचन तत्काल स्थगन गर्नुपर्ने र राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त हुने क्षेत्रमा समेत एकैपटक चुनाव गर्नुपर्ने जनाएका छन् ।

‘मुलुकमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट केही दिनभित्र नै कम्तीमा पनि थप १–२ अन्य निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराउनैपर्ने सम्भाव्य अपरिहार्यतालाई समेत बेवास्ता गर्दै देशको महत्वपूर्ण समय र राज्य कोषमा दोहोरो भार एवं नकारात्मक असर पर्ने गरी गर्न लागिएको पक्षपाती एवं बदनियतपूर्ण निर्वाचनलाई तत्काल स्थगन गरी चितवन–२ र राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि खाली हुने सबै निर्वाचन क्षेत्रहरूमा एकैपटक मितव्ययी ढंगले निर्वाचन गर्न गराउन आयोगसँग जोडदार माग गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो मागको समयमै सुनुवाइरसम्बोधन नभए यस गलत निर्वाचनमा हाम्रो आम जनता पार्टी सहभागी नहुने विषय सबै पक्षमा अग्रीम जानकारी गराउन चाहन्छु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>