समाचार

उपरथी शाहीलाई बर्खास्त गर्न सैनिक अदालतको आदेश

Banner

काठमाडौँ, फागुन १९–

सैनिक अदालतले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सेवाबाट बर्खास्त गर्न आदेश दिएको छ।

आर्थिक अनियमितामा मुछिएका शाहीलाई दोषी ठहर गर्दै अदालतले सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन्।

यो मुद्दामा जोडिएका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिमल्सिनालाई सामान्य कारबाही हुने फैसला भएको पनि उनले बताए। झन्डै २ महिनाको अनुसन्धानपछि शाहीविरुद्ध सैनिक अदालतले फैसला सुनाएको हो। तिमल्सिना र शाहको बढुवा २ वर्ष रोक्का गर्ने आदेश भएको छ।

सैनिक अदालतको यो आदेशसँगै थुनामा रहेका शाही‚ शाह र तिमल्सिना थुनामुक्त भएका छन्। शाही २ महिनापछि थुनामुक्त भएका हुन्। सेनाको जंगीअड्डाले उपरथी शाहीलाई अवकाशमा पठाउने निर्णय गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>