Breaking News
गृहमन्त्री रविमाथि संसदीय छानविन समिति बनाउन कांग्रेसले दियो २४ घण्टे अल्टिमेट

काठमाडौँ, वैशाख ३०–
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति बनाउन कडा रुपमा प्रस्तुत हुन थालेको छ । लगातार संसद अवरुद्ध गर्दै आइरहेको कांग्रेसले सत्तारुढ दलहरूलाई सोमबार दिउँसो २ बजेसम्म सहकारी ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनबारे निर्णय लिन समय दिएको छ ।
कांग्रेसका प्रमुख कांग्रेस सचेतक रमेश लेखकले सोमबार दिउँसो २ बजेसम्म छानबिन समिति गठनको निर्णय लिन सत्तारुढ दलहरुलाई आग्रह गरेका हुन् । आइतबार सभामुख देवराज घिमिरेले ठूला पाँच दलका प्रमुख सचेतकहरूलाई संसद्को गतिरोध खुलाउने विषयमा छलफल गर्न बोलाएका थिए ।
जेठ १ गते दिउँसो ३ बजे दुवै सदनको संयुक्त बैठक राखिएको छ ।
उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।राष्ट्रपतिले सम्बोधन गर्ने बैठकमा समेत अवरोध गर्ने कतिपय कांग्रेस नेताहरूले चेतावनी दिएका छन् ।
























