Breaking News

जसपा नेपालद्धारा सरकारमाथिको समर्थन फिर्ता, उपेन्द्र यादवले भोलि राजीनामा दिँदै

Banner

काठमाडौँ, वैशाख ३०–

अन्ततः जनता समाजवादी पार्टी नेपालले प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आज (आइतबार) अपरान्ह बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको हो । यस निर्णयलाई भोलि औपचारिक रुपमा सार्वजनिक गरिने जसपा नेपालका एक नेताले जानकारी दिए । यस्तै अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भोलि नै राजीनामा दिने छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यादवलाई राजीनामा गरेर बाटो खोलिदिन आज सन्देश पठाएका थिए ।

जसपा नेपालबाट अशोक कुमार राईसहितको बहुमत सांसदले पार्टी फुटाएर जसपा बनाएपछि उपेन्द्र यादव संकटमा परेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>