समाचार

६० वर्षपछि नोकियाले बदल्यो लोगो

Banner

काठमाडौं, फागुन १८–

फिनल्याण्डको विश्व प्रसिद्ध कम्पनी नोकियाले आफ्नो आइकनिक लोगो ६० वर्षपछि परिवर्तन गरेको छ ।

यद्यपि सन् १९६६ पछि नोकियाको लोगोमा धेरथोर परिवर्तन हुँदै आएको थियो । तथापि ब्राण्डको लोगो पूर्णरुपमा परिवर्तन भएको यो पहिलोपटक हो । स्पेनको बार्सिलोनामा चलिरहेको मोबाइल वल्र्र्ड कंग्रेसका अवसरमा नोकियाले कम्पनीको लोगो परिवर्तनको घोषणा गरेको हो ।

कम्पनीको लोगो बदलिएसँगै नोकिया कम्पनी अब मोबाइल व्यवसायका अलावा नेटवर्क व्यवसायमा पनि एकपटक केन्द्रित हुने तयारीमा रहेको संकेत गरेको छ ।

नोकियाको नयाँ लोगो पाँचवटा आकृति मिलाएर बनाइएको छ जसले मिलाएर नोकियालाई जनाउँदछ । नोकियाको लोगो यसअघि निलो रङमा हुने गरेकोमा त्यो पनि परिवर्तन भएको छ ।

स्मरण रहोस् नोकिया कम्पनीले केवल स्मार्टफोन मात्र होइन फाइभ जी उपकरण पनि बनाउँछ । त्यसैले कम्पनीमा अब दुईवटा लोगो देखिनेछ । एउटा लोगो खासगरी मोबाइल फोन सेग्मेन्टका लागि राखिएको छ भने अर्को लोगो कम्पनीका अन्य व्यवसायका लागि तय गरिएको छ ।

नोकिया मोबाइल ब्राण्डको कुरा गर्दा नोकियाको मोबाइल फोन बनाउने लाइसेन्स फिनल्याण्डको एचएमडी ग्लोबल कम्पनीसँग छ । त्यसैले नोकिया कम्पनीले आफ्नो लोगो परिवर्तन गरे पनि एचएमडी ग्लोबलले भने नोकियाको पूरानै लोगो भएका स्मार्टफोन बिक्री गर्ने बताएको छ ।

नोकियाका सीईओका अनुसार नोकिया अब केवल स्मार्टफोन कम्पनी मात्र होइन बिजनेस टेक्नोलोजी कम्पनी बनिसकेको छ ।

एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>