चितवन विशेष

क्षेत्रीय होटल संघ सौराहामा गंगा गिरीको नेतृत्व, को हुन् गिरी ?

Banner

चितवन, फागुन १६-

क्षेत्रीय होटल संघ चितवन सौराहाको अध्यक्षमा गंगा गिरी सर्वसम्मत चयन भएका छन ।

संघको सोमबार सम्पन्न १८औं साधारण सभा तथा नवौं अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा ओम प्रकाश पाण्डे, योगेन्द्रनाथ अधिकारी, महासचिवमा गुणराज थपलिया, सचिवमा महेश खनाल, कोषाध्यक्षमा शिवराज दुवाडी, सह कोषाध्यक्ष बविता चौधरी चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा संगम घिमिरे, रन्जन भण्डारी, बलराम अधिकारी, ध्रुवराज वाग्ले, सन्तोष गिरी, दिपक अधिकारी, गणेश दाहाल, हरि श्रेष्ठ, रामकुमार अर्याल, सौगात रिजाल, गणेश शर्मा पौडेल चयन भएका छन ।

ऋषिराम तिवारी, शिव भुषाललाई सदस्यमा मनोनित गरिएको छ । नेतृत्व सम्हालेसँगै गिरीले सौराहाको पर्यटनलाई विकासको उच्च विन्दुमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । व्यवसायिक एकता,गन्तव्यको विकास र गुणस्तर सुधारमा ल्यान केन्द्रीत गरेर संघका गतिविधि अगाडि बढाउने उनको विचार छ ।

को हुन् गिरी ?

होटल संघको नेतृत्व सम्हालेका गिरी सौराहाका पुराना होटल व्यवसायी मध्ये एक हुन् । सौराहाको रिभर साइड रिसोर्टका सञ्चालकसमेत रहेका उनले सौराहाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने आशा गरिएको छ । उनी तीन दशक भन्दा बढी समयदेखि होटल व्यवसायमा नै रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>