क्रिकेट

हङकङले दियो नेपाललाई १२१ को सामान्य लक्ष्य

Banner

काठमाडौँ, फागुन १५–

यू–१९ विश्वकपको एसिया छनोटमा चिरपरिचित प्रतिद्धन्द्धी हङकङले खेल जित्न नेपाललाई १२१ रनको सामान्य लक्ष्य दिएको छ ।

युएईको मलेक क्रिकेट मैदान अज्मानमा टस जितेर ब्याटिङ रोजेको हङकङले ४६.३ ओभरमा १२० रनमा अल आउट हुँदै १२१ को सामान्य लक्ष्य पेश गरेको हो ।

हङकङका लागि पार्थ भागवतले सर्वाधिक ३६ रन बनाए भने मोहम्मद अलियान जाहिरले ६७ बलमा २९ रन बनाए । नेपालका लागि तीव्र गतिका बलर हेमन्त धामीले ९ ओभर बलिङ गर्दै ३ मेडन सहित १९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए ।

स्पिनर सुवास भण्डारीले १० ओभर बलिङ गर्दै ३ मेडन सहित १० रन खर्चेर २ विकेट लिए । अर्का स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिए ।
तीव्र गतिका बलर आकाश चन्दले ८.३ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए । नेपालले जारी प्रतियोगितामा लगादार दुई जितका साथ अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । रनरेटको आधारमा युएई समान अंक भए पनि पहिलो स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>