अन्तर्राष्ट्रिय

भ्रष्टाचार आरोपमा सिबिआईले पक्रियो दिल्लीका उपमुख्यमन्त्री सिसोदियालाई

Banner

नयाँदिल्ली, फागुन १५-

भारतको दिल्ली राज्यका उपमुख्यमन्त्री मनीष सिसोदियालाई भ्रष्टाचार आरोपमा पक्राउ गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सन् २०२१ / २०२२ का लागि दिल्लीमा लागू भएको एक्साइज नीति बनाउँदा र कार्यान्वयन गर्दा भएको भ्रष्टाचार सिसोदियाको संलग्नता रहेको भन्दै सिबिआई (सेन्ट्रल ब्युरो अफ इन्भेष्टिगेसन) ले आइतबार उनलाई पक्राउ गरेको हो।

दिल्लीका उपराज्यपाल विनय सक्सेनाले सन् २०२२ जुलाईमा दिल्लीमा रक्सी बेच्न लिनुपर्ने लाइसेन्सको शुल्क मिनाहा गरेको उक्त नीति बनाउन संलग्नहरूमाथि अनुसन्धान गर्न आदेश दिएका थिए।

यो प्रकरणमा लामो समयसम्म अनुसन्धान चलेको थियो। सिसोदियामाथि प्रमाणहरू नष्ट गरेको आरोप पनि लागेको छ।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल र पञ्जाबका मुख्यमन्त्री भागवन्त मानले आइतबार राति नै सिसोदियाका परिवारलाई भेटेका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै केजरीवालले सिसोदिया निर्दोष रहेको बताएका छन्। सिसोदियालाई पक्रिनु फोहोरी राजनीति भएको केजरीवालको भनाइ छ।

आम आद्मी पार्टीले सिसोदियाको गिरफ्तारीविरूद्ध सोमबार देशव्यापी रूपमा प्रदर्शन गर्ने बताएको छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>