समाज

कोटिहोम महायज्ञको आज समापन हुँदै, रेनु दाहाल सहभागी हुने

Banner

चितवन, फागुन १५–

माघ १२ गतेदेखि नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञ आज समापन हुँदै छ । एक महिना तीन दिन लामो महायज्ञ आज विधिवत रुपमा समापन हुन लागेको हो । फागुन १२ गते सवा करोड दीप प्रज्वलन सम्पन्न भइसकेको छ ।

तर्पण र मार्जनको कार्य गर्दै आज (सोमबार) महायज्ञ सम्पन्न गर्न लागिएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधी भारद्धाजले जानकारी दिए । महायज्ञको समापन गर्ने कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सहभागी हुने भएकी छन् ।

हिजो महायज्ञमा योगी खेचरनाथ, बागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरीनाथ आश्रमकी संरक्षक सल्याननाथ तिमिला माता, इन्दिरा सन्यास आश्रम देवघाटका उपाध्यक्ष गोकुलानन्द सरस्वती र सदस्य चिनमयानन्द सरस्वतीको उपस्थिती रहेको थियो । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>