Breaking News

चितवनको नारायणी किनारमा व्यवसायी दुर्गा प्रसाईँको अभियान (तस्बिरमा )

Banner

चितवन, फागुन १३-

चितवनको नारायणी किनारमा व्यवसायी दुर्गा प्रसाईंको अभियान सुरु भएको छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपाल’ले आज आमसभा गरेको हो ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले हुँदै महाअभियान घोषणा गरेका व्यवसायी प्रसाईंले वित्तीय संस्थाबाट आजित जनताको न्यायका लागि महाअभियान घोषणा गरेर त्यसलाई देशव्यापी कार्यक्रम बनाउन खोजेको महाअभियानले जनाएको छ । सावाँ र व्याजको चक्र वृद्धि भई ऋणीले जीवनभर ऋण तिर्न नसक्ने अवस्थामा बैंक तथा वित्तीय संस्थाले पेलिरहेको हुँदा त्यसको अन्त्यका लागि अभियान सार्थक रहने महाअभियानका सचिवालय संयोजक मेघराज पौडेलले जानकारी दिए ।

पूर्वबाट सुरू भएको महाअभियानलाई सुदूरपश्चिमको कञ्चनपुर पुगेर टुङ्ग्याउने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागी हुनका लागि चितवनका विभिन्न ठाउँबाट नागरिकहरु सभास्थलमा पुगेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>