राशिफल

आज फागुन ७ गते आइतवार, यस्तो छ तपाईको राशिफल

Banner

आज २०७९ साल फागुन ७ गते आइतवार, सन् २०२३ फेब्रुअरी १९ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको आजको राशिफल यस्तो रहेको छ ।

मेष – आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको साथ र सहयोग पाइनेछ ।

वृष – आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । पारिवारिक सुख पनि मिल्नेछ ।

मिथुन – आज मन खिन्न हुने स्थिति आउनेछ । मानसिक चिन्ता र चञ्चलता बढेको महसुस हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहने देखिन्छ ।

कर्कट – आज सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र र अलङ्कारको प्राप्ति होला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक कार्यमा मन जानेछ ।

सिंह – शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

कन्या – बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

तुला – आज मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाइनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्न सक्छ ।

वृश्चिक – आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्ला । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ ।

धनु – बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको प्रारम्भ हुनसक्छ । सामाजिक तथा परोपकारमा पनि रुचि बढ्नेछ ।

मकर – बन्धुबान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

कुम्भ – सरकारी निकायको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यप्रति सजग रहनु होला ।

मीन – आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनसक्छन् । समाजसेवामा र धार्मिक कार्यमा मन पनि जानेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>