आगलागी/क्षति

चितवन घर भई हाल तुलसीपुर बस्ने खनाल र केसी ग्यास पड्किँदा घाइते

Banner

दाङ, फागुन ४-

जिल्लाको तुलसीपुर उपमहानगरपालिका- १६ मा खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् । खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर पड्किँदा तुलसीपुर उपमहानगरपालिका- १६ लहलौराका ५० वर्षीय कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका-५ घर भई हाल तुलसीपुर-१६ मै बस्दै आएका २९ वर्षीय आशिष खनाल घाइते भएका हुन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बिहीबार बिहान साढे ८ बजे तुलसीपुर १६ मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिन्डर ग्यास पड्किँदा केसीको कम्मरमुनिको भाग जलेको छ । खनालको दुबै हात र खुट्टा जलेको कार्यालयले जनाएको छ ।

दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि नेपालगञ्ज बाँके रिफर गरिएको छ । घाइतेमध्ये कुसुमको अवस्था गम्भीर रहेको र आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>