एजेन्सी / विदेशी

बिबिसीका दिल्ली र मुम्बई अफिसमा आयकर विभागको खानतलासी

Banner

नयाँदिल्ली, फागुन २-

भारतको राजधानी नयाँदिल्ली र मुम्बईमा रहेका ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) का कार्यालयमा मंगलबार दिउँसो भारतीय सरकारी अधिकारीहरूले खानतलासी गरेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतको आयकर विभागका कर्मचारीहरूले एकैसाथ बिबिसीका दुई कार्यालयमा खानतलासी गरेका हुन्।

खानतलासीको क्रममा केही पत्रकारहरूको मोबाइल पनि जफत गरिएको एनडिटिभीले जनाएको छ।

केहीदिन बिबिसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे आफूले बनाएको वृत्तचित्र सार्वजनिक गरेको थियो। उक्त वृत्तचित्रमा मोदी गुजरातका मुख्यमन्त्री हुँदा भएको हिन्दु-मुस्लिम दंगामा उनको भूमिकाबारे पनि देखाइएको छ।

मोदीबारेको उक्त वृत्तचित्र प्रसारण गर्न भारतले प्रतिबन्ध लगाएको थियो।एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>