अन्तर्राष्ट्रिय

रूसले ४७ वर्षपछि चन्द्रमाका लागि पठाएको यान दुर्घटनामा

Banner

मस्को, भदौं ३–

अन्वेषणका लागि पठाएको यान चन्द्रमाको सतहमा नपुगेरै दुर्घटनामा परेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार ४७ वर्षपछि रूसले चन्द्रमाको अध्ययन, अनुसन्धान गर्न लुना–२५ यान पठाएको थियो ।
सोमबार चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा सफ्टल्यान्डिङ गर्ने योजना रहेको यान शनिबार दुर्घटनामा परेको हो । यान दुर्घटनामा पर्नुको कारणबारे अनुसन्धान गर्न समिति बनाइएको छ।

तत्कालीन सोभियत युनियन रूसले सन् १९७६ मा चन्द्रमामा यानको सफल अवतरण गरेको थियो । चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि मुलुकले यान पठाउन सकेका छैनन्। भारतले सोही क्षेत्रका लागि पठाएको चन्द्रयान–३ केही दिनमै त्यहाँ अवतरण हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>