अपराध

४४ अर्ब अमेरिकी डलर ठगी गर्ने भियतनामकी एक महिलालाई मृत्युदण्ड

Banner

काठमाडौं, चैत २९-

भियतनाममा एक महिलालाई ४४ अर्ब अमेरिकी डलर ठगी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ ।

६७ वर्षीय टुङ माइ ल्यानलाई ११ वर्षको अवधिमा देशको सबैभन्दा ठूलो मध्येको एक बैंक लुटिएको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको हो ।
उनी भियतनाममा आर्थिक अपराधसम्बन्धी मुद्दामा मृत्युदण्ड सुनाइएका थोरै महिलामध्ये एक बनेकी छन् । टुङ माइ ल्यानलाई साइगन कमर्सियल बैंकबाट ४४ अर्ब अमेरिकी डलर ऋण लिएको अभियोगमा दोषी ठहर गरिएको हो । उनले २७ अर्ब डलर फिर्ता गर्नुपर्ने फैसला समेत होची मिन्ह सिटीमा रहेको अदालतले सुनाएको छ । अभियोजकहरूले उक्त रकम कहिल्यै फिर्ता हुन नसक्ने भनेका छन् । कतिपयले मृत्युदण्ड सुनाइएको सजाय उनलाई रकम फिर्ता गर्न प्रोत्साहन गर्ने अदालतको तरिका भएको भनेका छन् ।

यस मुद्दामा दुई हजार ७०० जनाको बयान लिइएको र १० राज्यका अभियोजक र करिब २०० वकिल संलग्न रहेको बताइएको छ । टुङ माइसँगै ८५ जना प्रतिवादीलाई मुद्दा चलाइएको थियो । उनीहरूले आरोप अस्वीकार गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>