कैलाली
अध्यक्ष माधव नेपाल कैलाली पुगे, प्रदेश बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुने
०

कैलाली,माघ २९-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल कैलाली पुगेका छन् । आज नेकपा एकीकृत समाजवादीको प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाल कैलाली पुगेका हुन् ।
नेकपा एकीकृत समाजवादीले धनगढीमा सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकको आयोजना गरेको छ । प्रदेश इन्चार्ज गरिमा शाहका अनुसार बैठकमा सहभागी हुन नेपाल धनगढी आएका हुन्।
अध्यक्ष नेपाल भोलि सम्म धनगढीमा रहने छन् । आज प्रदेश कमिटीको बैठकमा सहभागी हुने र भोलि प्रशिक्षण कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किने तालिका रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























