स्वास्थ्य

आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच प्रधानमन्त्री कार्यालयमा वार्ता जारी

Banner

काठमाडौं, माघ २९-

आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा वार्ता जारी छ ।

बिहानैदेखि भईरहेको वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा। गणेश पाण्डे र चिकित्सकहरुको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की नेतृत्वको टोली सहभागी छन् ।

प्रहरीबाट ट्रमा सेन्टरका एक चिकित्सक कुटिएको विरोधमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेर नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेपछि समस्या समाधानका लागि वार्ता भइरहेको हो । वार्तामा ट्रमा सेन्टरका निर्देशक रुद्र मरासिनीसमेत सहभागी छन् ।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले गएराति विज्ञप्ति जारी गर्दै चिकित्सकलाई घाइते बनाउने प्रहरीलाई निलम्बन गरी कारबाहीको प्रक्रिया अघि बढाइसकेको र उक्त घटनाको विषयमा थप छलफल गरी वार्तामार्फत् समस्याको समाधान गर्न प्रयास भइरहेको जानकारी दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>