राजनीति

शीतलनिवासमा आज सांसदहरूलाई राष्ट्रपतिको निम्तो

Banner

काठमाडौं, माघ २८–

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका सबै सांसदलाईआज (शनिबार) शीतल निवासमा बोलाएकी छिन्।

दिउँसो ३ बजेका लागि सांसदहरूलाई शीतल निवासमा निम्तो दिएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपति सांसदहरूलाई डाकेको उनले बताए।

सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित रहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा शीतल निवास बोलाएकी हुन्।

भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते चुनाव हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>