राजनीति

उच्चस्तरीय संयन्त्रको बैठक: रास्वपालाई पुन: सरकारमा आउन आग्रह

Banner

काठमाडौं, माघ २७-

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनस् सरकारमा आउन आग्रह गरिएको छ । बैठकमा छलफलको एजेण्डा रास्वपालाई सरकारमा ल्याउने बारे पनि रहेको सहभागी एक नेताले बताए ।

तर, यसमा रविले दिएको जवाफबारे केही बताइएको छैन । सरकारबाट बाहिरिएको रास्वपाले समर्थन भने कायमै राखेको छ ।

बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>