राजनीति

विवेकशीललाई शुभकामना दिँदै रविन्द्र मिश्रले भने: हाम्रो विचारमा अन्तर भए नि नियतमा अन्तर छैन

Banner

काठमाडौं, माघ २७-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आजदेखि काठमाडौंमा सुरु हुने विवेकशील साझा पार्टीको पहिलो महाधिवेधनलाई शुभकामना दिँदै नियतमा अन्तर नभएको बताएका छन्।

‘विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दछु, मेरो मार्ग परिवर्तनले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई नमन’, उनले भनेका छन,’हाम्रो विचारमा अन्तर भए नि नियतमा अन्तर छैन भन्नेमा विश्वस्त छु।’

‘बिचार भन्दा माथि देश’ भन्दै बिबेशशील साझा परित्याग गरेर राप्रपा प्रवेश गरेका मिश्रले सामाजिक सञ्जालमार्फत महाधिवेशन सफलताको शुभकामना दिएका हुन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>