तनहुँ

मुग्लिन-पोखरा राजमार्ग बिस्तारः दुईवर्षमा जम्मा १० प्रतिशत काम

Banner

चितवन,माघ २६-

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा खण्डको पोखरादेखि आँबुखैरनीसम्मको सडक अहिले बिस्तार भईरहेको छ। दुुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँढेर यो सडक बिस्तार भईरहेको छ। निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार तीनवर्षभित्र राजमार्ग बिस्तार भईसक्नुपर्ने हुन्छ।

पूर्वि खण्डका लागि २०२१ अप्रिलमा र पश्चिम खण्डका लागि २०२१ अगष्टमा निर्माण सम्झौता भएको थियो। सम्झौताको झन्डै दुईवर्ष बितिसकेपनि पूर्वि खण्डको काम १४ र पश्चिम खण्डको जम्मा ४ प्रतिशत मात्र काम सकिएको छ। सम्झौता अनुसार सन् २०२४ मध्यसम्म लगभग काम सकिनुपर्ने हुन्छ। सम्झौता अनुसार तीनवर्षमा सकिनुपर्ने भएपनि झन्डै दुइवर्ष पुरा हुनैलाग्दा सडक बिस्तारको काम अनुपातमा १० प्रतिशत मात्र सकिएको छ।

पछिल्लो समय पोखरामा हवाईजहाज दुर्घटना भएपछि पर्यटन क्षेत्र आक्रान्त छ। हवाई यात्रा जोखिमपूर्ण रहेको भन्दै गुनासो सुनिँदा पर्यटन क्षेत्रमा मार परेको व्यवसायीले गुनासो सुनाईरहेका छन्। हवाईयात्रामा मात्र व्यवसायीको गुनासो नभई स्थलमार्गप्रति पनि उत्तिकै असन्तोष छ। पोखरा–आँबुखैरेनी सडक बिस्तारले गति लिन नसकेको र भताभुंग तरिकाले सबैतिर भत्काउँदा यात्रा सकसपूर्ण बनेको र त्यसले गर्दा पोखरामा आउने पर्यटक रोकिएको भन्ने गुनासो पर्यटन व्यवसायीले गरिरहेका छन्।

व्यवसायीको गुनासो पाहुना आएनन भन्नेमा मात्र सिमित छैन, सडक बिस्तारको गति देख्दा बेलैमा काम सकिनेमा पनि आशंका छ। अहिलेसम्म जम्मा अनुपातमा १० प्रतिशत मात्र काम सकिँदा तोकिएको समयमा बिस्तार सकिनेमा आशंका गर्न सकिने व्यवसायी बताउँछन्। राजमार्ग बिस्तारले गति लिन नसकेको गुनासो उनीहरुको छ। व्यवसायी भन्छन, ‘दुइवर्षको अवधिमा जम्मा १० प्रतिशत बिस्तार भएको छ। अबको एकवर्षमा यही गतिमा राजमार्ग बिस्तारको काम नसकिने पक्का छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>