राजनीति
सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत दिन्नौंः नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ
०

काठमाडौं, माघ २६-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिने भएको छ । आज (बिहीबार) रावलले विश्वासको मत लिने तय भएको छ । तर सरकार गठन गर्ने बेला अन्तिम समयमा साथ दिएको नाउपाले विश्वासको मत नदिने बताएको छ ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भनिन्, ‘हाम्रो मागमुद्दा सम्बोधन नहुने भएपछि हामीले विश्वासको मत नदिने निर्णय गरेका छौं ।’
बुधबार विश्वासको मत दिने कार्यक्रम स्थगित गरेर एमाले नेताहरुले बुधबार नाउपा नेताहरुसँग छलफल गरेका थिए । तर कुनै सहमति हुन सकेन । प्रदेशसभाबाट आज विश्वासको मत पाएनन् वा लिएनन् भने रावल स्वतः पदमुक्त हुनेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























