राजनीति

माओवादी केन्द्रमा अग्नि सापकोटा र पम्फा भुसाल उपाध्यक्ष

Banner

काठमाडौं,माघ २५-

माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ । बुधबार जारी सर्कुलरमा सापकोटा र भुसाललाई पार्टी उपाध्यक्ष बनाइएको उल्लेख छ । यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए । सभामुख सापकोटा पार्टीको जिम्मेवारीमा थिएनन् भने भुसाल उपमहासचिव थिइन् ।

माओवादी कार्यालय सचिव श्रीराम ढकालका अनुसार पछिल्लो स्थायी समिति बैठकमै सापकोटा र भुसाललाई उपाध्यक्ष बनाउने विषयमा छलफल भएको थियो । उनले भने, त्यसअनुसार आज सर्कुलर जारी गरिएको छ ।’यससँगै माओवादीमा पदाधिकारीको संख्या २२ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>