राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले अन्तिम अवस्थामा विश्वासको मत लिँदै

Banner

काठमाडौं, माघ २४–

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलि विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताको बीच अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन्।

मुख्यमन्त्री रावलले भोलि ११ बजे विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक बोलाइएको जानकारी दिए। नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरे पछि अप्ठयारोमा परेका रावललाई रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको हो।

त्यसका लागि उनी केही दिन अघि मात्रै काठमाडौं आएका थिए। उनले शीर्ष नेतालाई भेटेर विश्वासको मत लिने वातावरण बनाइ दिन आग्रह गरेका थिए। रावलले २९ जना सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपा एक र स्वतन्त्र एक सांसद छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>