शिक्षा

कक्षा १२ को परीक्षा आवेदन खुला, रजिष्ट्रेसनको कुन कुन पहिले दुई अंक हुनेले यो पटक मात्रै आवेदन भर्न पाउने ? (सूची)

Banner

काठमाडौं, माघ २०-

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आवेदन खुला गरेको छ । २०८० सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको नियमित, ग्रेडवृद्धि तथा आंशिक परीक्षाको लागि परीक्षार्थीले नियमित शुल्कमा यहि माघ मसान्तसम्म आवेदन दिन सक्नेछन् । परीक्षा आवेदन फाराम विद्यार्थी स्वयंले भरेको हुनुपर्ने बोर्डले जनाएको छ ।

बोर्डले कक्षा ११ को पनि ग्रेडवृद्धि तथा आंशिक परीक्षाका आवेदन खुला गरेको छ । बोर्डको अनुसार रजिष्ट्रेसन नम्बरका शुरुका दुई अंक ७२, ७३ र ७५ भएका परीक्षार्थीहरुको लागि अन्तिम एक पटकका लागि मात्रै आवेदन दिन सक्ने अवसर हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>