राजनीति

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी पक्राउ

Banner

काठमाडौँ,माघ १९-

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले फरार सूचीमा रहेका सांसद चौधरीलाई आज दिउँसो २ बजे कैलाली टीकापुरबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई शुक्रबार धनगढी जिल्ला अदालत बुझाउने तयारी रहेको प्रवक्ता पोखरेलको भनाइ छ । सांसद चौधरीसहित तीन जनाविरुद्ध आगजनीको मुद्दामा कैलाली जिल्ला अदालतबाट ६ महिना कैद फैसला भएको थियो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>