शिक्षा

डीन कार्यालयमा लगाएको ताला खोलेपछि आईओएमका विद्यार्थी र प्रहरीबीच झडप

Banner

काठमाडौं, माघ १०-

आईओएमका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विद्यार्थीले डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि प्रहरीबीच झडप भएको हो।

आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले विहान ताला लगाएका थिए । प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेका थिए । प्रहरीले सामान्य लाठी प्रहार गरेको छ । केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

विद्यार्थीहरूले होस्टेललाई व्यवस्थित गरि विकृति सधार गर्नुपर्ने माग राखेका छन् । हेस्टेलमै आएर विद्यार्थीलाई प्रशासनले धम्क्याउने गरेको र थेक्नै नसक्ने गरी विद्यार्थी राखेको विद्यार्थीको आरोप छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>