तनहुँ

आज न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा नायक पल शाह मुद्दाको फैसला पेशी

Banner

काठमाडौं,माघ ३- 

नायक पल शाहमाथि तनहुँ जिल्ला अदालतमा विचाराधीन बलात्कार सम्बन्धी मुद्दाको फैसलाका लागि मङ्गलवार पेशी तोकिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा पलको मुद्दा पहिलो नम्बरमै परेको छ। सरकारी वकिल वा शाहका वकिलले स्थगित नगरे फैसलाको बहस हुने छ।

बहसपछि न्यायाधीश आचार्यले निर्णय सुनाउनेछन्। एक १७ वर्षीया नाबालिगले शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। एकै पीडितले दुई ठाउँमा शाहले बलात्कार गरेको भन्दै जाहेरी दिएपछि नवलपुर जिल्ला अदालत र तनहुँ अदालतमा अभियोग पत्र दर्ता भएको थियो।

नवलपुर जिल्ला अदालतले शाहलाई अढाई वर्ष कैद सजाय गरिसकेको छ। बाल यौन दुर्व्यवहार मुद्दामा सजाय तोकिएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>