राजनीति
देशको अखण्डताका लागि अपरिहार्य जीवित प्रमाण म आफैं हुँः राउत
०

काठमाडौँ, पुस २५-
जनमत पार्टीका अध्यक्ष सीके राउतले देशको अखण्डताका लागि संघीयता चाहिने बताएका छन् । संसदको पहिलो बैठकमा आफूहरुलाई स्वागत गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ दलहरुमा आवेग छ भनेको उल्लेख गर्दै राउतले भने, ‘यो देशको अखण्डताका लागि पनि अपरिहार्य भएको जीवित प्रमाणका रुपमा म आफैं तपाई समक्ष उभिएको छु, यो सरकारले संघीयतालाई सबल गर्ने दिशामा उपयुक्त कदम चाल्ने विश्वास छ ।’
त्यस्तै बैठकलाई सम्बोधन गर्दै उनले आफू निर्वाचित भएको सप्तरी २ बाट यसअघि सांसद रहेका गजेन्द्र नारायण सिंह र उपेन्द्र यादवलाई स्मरण गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























