Uncategorized

सञ्चारकर्मी भुषण दाहाल चितवनको मेड इन नेपाल एक्स्पो स्थलमा, उत्कृष्ट उद्यमीले एक लाख पाउने

Banner

चितवन, पुस २४-

चर्चित सञ्चारकर्मी भूषण दाहालसँग चितवनका युवा उद्यमीले ‘मेड इन नेपाल एक्स्पो’ स्थलमा अन्तरक्रिया गरेका छन् ।

चितवन महोत्सवभित्र हुन लागेको मेड इन नेपाल एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । सोही क्रममा सञ्चारकर्मी दाहालले नेपाली उत्पादनको प्रयोग सँगै ब्राण्डिङ गर्नमा पनि जोड दिएका हुन्।

जुत्तादेखि टोपीसम्म नेपाली उत्पादन लगाएर कार्यक्रम स्थलमा पुगेका दाहालले नेपाली उत्पादनको प्रबद्र्धनका लागि सरकारी तहबाटै नीति बन्न नसकेको बताए । महोत्सवभित्र मेड इन नेपाल एक्स्पो पनि हुन लागेको कुराले आफूलाई आकर्षित गरेको भन्दै उनले नेपाली उत्पादनको प्याकेजिङलाई आकर्षक बनाउन पनि आवश्यक रहेको बताए ।

‘नेपाली उत्पादन विश्वसनीय र प्याकेजिङ पनि आकर्षक खालको हुनुपर्छ’, उनी भन्छन्, ‘नेपालमा जति पनि उत्पादनभएका छन्, तिनको ब्राण्डिङ भएको छैन ।’ नेपाली उत्पादनहरु साच्चिकै गुणस्तरीय हुँदा पनि ब्राण्डिङ गर्न नजान्दा ओझेलमा पर्ने गरेको उनी बताउँछन् । नेपाली उत्पादनको प्रवद्र्धनका लागि आफूले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता पनि जनाए ।

मेड इन नेपाल एक्स्पोमा ४० वटा स्टल रहने छन् । सबै स्टलमा नेपाली उत्पादन हुने भएकाले यसलाई महोत्सवकै आकर्षकका रुपमा लिएको छ । एक्स्पोको प्रायोजकमा हाइ लाइफ र बिग मास्टर रहेका छन् । नवउद्यमीले मात्रै १० वटा स्टल बुक गरेको एक्स्पोको आयोजक युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए ।

‘नेपाली उद्यमीले उत्पादन गरेको बस्तुको प्रबद्र्धनका लागि एक्स्पोको आयोजना गरेका हौँ । उत्कृष्ट उद्यमीलाई एक लाख रुपैयाँ पुरस्कार पनि दिन्छौँ’, उनले भने, ‘पुरस्कारका लागि नयाँ उद्यमीहरु बीच प्रतिस्पर्धा हुन्छ ।’ एक्स्पोमा नयाँ उत्पादन लन्च गर्न र विभिन्न उत्पादनमा विशेष अफर सार्वजनिक पनि गर्न सकिने उनले बताए । नेपाली उत्पादनले बजार पाउन सके हरेक दिन विदेशीने डलर स्वदेशमै रोकिने उनी बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>