राजनीति
राष्ट्रपतिमा सुवास नेम्वाङको दाबी, सभामुख नबन्ने
०

काठमाडौं,पुस १८-
एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा दाबी गर्नुभएको छ । गठबन्धनको भागबन्डामा एमालेले राष्ट्रपति लिने सहमति भएको छ। राष्ट्रपति एमालेको भागमा परेसँगै नेम्वाङले आफ्नो दाबी गरेको स्रोतको दाबी छ। उनले आफू सभामुख भने नबन्ने स्पष्ट पारेका छन्।
सत्ता गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेसँगै एमालेको भागमा राष्ट्रपति र सभामुखसमेत परेको छ। प्रधानमन्त्री र सभामुख भने एमाले र माओवादी केन्द्रले साढे २ वर्ष आलोपालो गर्ने सहमति भएको बताइएको छ।
चार पटकसम्म सभामुख भइसकेकाले फेरि सभामुख बन्न इच्छुक नरहेको नेम्वाङले पार्टीमा बताइसकेका छन्। नेम्वाङ २०६३ देखि २०७२ सम्म ४ पटक सभामुख र २ पटक संविधान सभाको अध्यक्ष भइसकेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























