राजनीति

फेरि हठातमा एकता गरे हाम्रो बिल्लीबाठ हुनसक्छः झलनाथ खनाल

Banner

काठमाडौं,पुस १७-

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरु यतिबेला कुनै पार्टीमा विलय नहुने प्रष्ट्याएका छन् । शनिबार जारी पार्टी स्थायी कमिटीको बैठकमा पेश गरेको प्रतिवेदनमा आफूहरु कसैसँग पार्टी एकता गरिहाल्ने स्थितिमा नरहेको बताएका छन् ।

उनको प्रतिवेदनमा भनिएको छ, ‘हामी कहिल्यै कसैसँग पनि एकता गर्दै गर्दैनौँ भन्दैनौँ । कम्युनिष्ट आन्दोलनको एकता, पार्टी एकता, एउटै एकिकृत कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने आवश्यकता आजको युगको आवश्यकता हो । नेपालको समाजवादी क्रान्तिको आवश्यकता हो । हामी सधै कम्यूनिष्ट एकताका पक्षमा छौं । तर कम्यूनिष्टहरु बीच एकता टाउको जोडेर हुँदैन, अङ्कमाल गरेर पनि हुँदैन, हात मिलाएर मात्र पनि हुँदैन, कुनै खास खास नेताहरुले चाहेर मात्र पनि हुँदैन ।’

कम्युनिष्ट एकताको नाममा आफूहरुले पहिला नै धेरै तिता नमिठा अनुभवहरु भोगिसकेको उल्लेख गरेका छन् । कम्यूनिष्टहरुको बीचको एकता भनेको नीतिनिष्ठ, सिद्धान्तनिष्ठ र विधिनिष्ठ एकता भएको बताए । केही खास नेताहरुका सनक वा लहड वा महत्वकांक्षाका आधारमा हठात गरिने एकताले कति दुखदायी परिणामहरू जन्मिन सक्छन भन्ने कुरा विगत ३ वर्षको अवधिमा भोगिसकेको बताएका छन् ।

‘नेपालका लाखौँ कम्यूनिष्ट र जनताले रोइरोइ भोग्नुपरिरहेको छ । त्यस्ता कुराले हजारौं योद्धाहरुका जीवन बिल्लीबाठ हुने खतरा हुन्छ । हामीले त्यस्ता दुर्घटनाहरुबाट गहिरो शिक्षा लिनुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>