Breaking News

प्रचण्डसँग चुनाव हारेका अब्दुसले भनेः उत्ताउला प्रधानमन्त्री कामकुरो नसकिँदै विमानस्थल उद्घाटन गर्न पोखरा पुग्दैछ

Banner

काठमाडौं,पुस १७-

नेकपा एमालेका नेता अब्दुस मियाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उत्ताउलाको संज्ञा दिएका छन् । प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गर्न लागेकोप्रति उनले कटाक्ष गरेका हुन् ।

प्रचण्डसँग गोरखा २ मा पराजित भएका एमालेका अब्दुसले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म उत्सुक छु, आज उद्घाटन हुने अन्तर्राष्ट्रिय विमानस्थलमा कुन देशबाट विमान आउँदैछ वा कुन देशमा विमान उडेर जान्छ रु सम्भवतस् त्यसबारे कुनै तयारी भएकै छैन । उत्ताउला प्रधानमन्त्री काम कुरो नसकिँदै विमानस्थल उद्घाटन गर्न पोखरा पुग्दैछन् । यसो कर्मकाण्ड पुर्‍याउन एउटा लोकल जहाज ल्याण्ड गराउने अरे ।’

उनले विमानस्थल उद्घाटन हुँदा पोखरा महानगरले सार्वजनिक बिदा दिएकोप्रति पनि असन्तुष्ट पोखेका छन् ।

‘अर्को अचम्म, एउटा सामान्य विमानस्थल उद्घाटन हुँदा आज पोखरामा सार्वजनिक बिदा दिइएको छ । यो बिदाको औचित्य के हो, मैले चाहिँ बुझ्न सकिन’ उनले भनेका छन्, ‘ यतिखेर विभिन्न विद्यालय तथा क्याम्पसमा परीक्षा चलिरहेको छ । हठात् ‘राजाको उर्दी’ शैलीमा सार्वजनिक बिदा घोषणा हुँदा विद्यार्थी तथा अभिभावकले जुन किसिमको अन्योलपूर्ण वातावरण भोग्नुपरेको छ, त्यसबारे प्रधानमन्त्री र उनले नेतृत्व गरेको सरकारले खासै वास्ता गरेजस्तो देखिन्न ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>