राजनीति

प्रचण्ड र ओलीले सानोतिनो छलाङ लगाए: लोहनी

Banner

काठमाडौँ, पुस ११–

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा सानोतिनो छलाङ मारेको प्रतिक्रिया दिएका छन् ।

प्रचण्ड प्रधानमन्त्री भएको विषयलाई सङ्केत गर्दै डा लोहनीले छलाङ मार्नु रोमाञ्चकारी भए पनि देश कहाँ पुग्ने हो अनुमान लगाउन गाह्रो पर्ने अवस्था आएको बताएका छन् । देशको आर्थिक पाटो सम्हाल्न नसके भयावह अवस्था आउने उनको दाबी छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘(छलाङ्गबाद आफैमा एउटा दर्शन पनि हो र कार्यनीति पनि हो । अठारौँ शताब्दीको अन्त्यतिर भएको फ्रान्सको क्रान्ति ‘छलाङ्गबाद’को उदाहरण हो । नेपालमा प्रचण्ड र ओली जी दुवैले सानोतिनो फुच्चे ‘छलाङ’ लगाए। छलाङ लगाउनु रोमाञ्चकारी अनुभव हो अब देश कहाँ पुग्ने हो ? अनुमान गाह्रो छ । मुलत: आर्थिक पाटो समाधानको बाटोमा लग्न नसक्ने हो भने हामी सबै खाल्टो मा पर्ने छम ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>