राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

Banner

काठमाडौं, पुस ११–

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बैठक जारी रहेको कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए।

बैठकमा नवनियुक्त प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्ने उनको भनाइ छ। बैठकमा भावी योजनाबारे समेत छलफल हुने ढकालले बताए।

आइतबार तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले आज अपराह्न पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय छ। पदाधिकारी बैठकमा मन्त्रिमण्डल गठनबारेमा समेत छलफल हुनेछ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>