खेलकुद

भरतपुरको सप्तगण्डकी क्याम्पसमा भएको अन्तर कलेज भलिबल प्रतियोगिताको उपाधि मिराकललाई

Banner

निरुता विक

चितवन, पुस ६-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा आज बुधबार भएको भलिबल प्रतियोगिताको फाइनल खेलमा मिराकल होस्टेल प्रथम भएको छ ।

अखिल क्रान्तिकारी सप्तगण्डकी क्याम्पस एकाइले सहिदको स्मृतिमा गरेको अन्तर कलेज भलिबल प्रतियोगिताको फाइनलमा सप्तगण्डकी क्याम्पसलाई हराउँदै मिराकल होस्टेल पहिलो भएको हो । पहिलो हुने मिराकल होस्टेलले ४० हजार राशी र ट्रफी , दोस्रो हुने सप्तगण्डकी बहुमुखी क्याम्पसले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ ।

आज भएको प्रतियोगिता समापन समारोहमा अखिल क्रान्तिकारी वागमती प्रदेशका अध्यक्ष सुरज सिंह ठकुरी, वागमती प्रदेश सभा सदस्य ईस्वर सापकोटा, सप्तगण्डकी बहुमुखी क्याम्पस प्रमुख मणिराज महतोलगायतले विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।

२४ टिम सहभागी पुस ३ गते बाट सुरु भएको भलिबल प्रतियोगितालाई बागमती प्रदेशका यातायात तथा श्रम रोजगार मन्त्री घनश्याम दाहालले उद्घाटन गरेका थिए । भलिबल प्रतियोगिताको उद्घाटन खेल सप्तगण्डकीका प्रध्यापकहरुले खेलेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>