नवलपरासी

पञ्च वर्षीय विकास योजना तयारीमा नवलपरासी गाउँपालिका

Banner

मध्यविन्दु, मंसिर २४-
नवलपरासी (बर्र्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकाले भौतिक पूर्वाधार विकास योजना बनाउने भएको छ । चालु आव २०७९-०८० देखि लागू हुने गरी पञ्च वर्षीय भौतिक पूर्वाधार विकास योजना बनाउन लागिएको गाउँपालिकाले जनाएको छ ।

परामर्शदाता कम्पनी छनोट गरी योजना निर्माणको काम अघि बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो । परामर्शदाता कम्पनीले गाउँपालिकाको समग्र वस्तुस्थितिको अध्ययनपश्चात् खाका तयार गरी अहिले सरोकारवालासँग आवश्यक छलफल र सुझाव सङ्कलन गरिररहेको उहाँले बताउनुभयो ।

योजना निर्माणको लागि जियो सर्भिस नेपाल परामर्श सेन्टर ललितपुर छनोट भएको छ । परामर्शदाता कम्पनीले निर्माण गरेको प्रारम्भिक खाकाको विषयमा गाउँपालिकाका प्राविधिक कर्मचारीसँग छलफल तथा सुझाव सङ्कलन गरिएको छ । क्रमशः जनप्रतिनिधि र अन्य विज्ञ समूहसँग छलफल गरी प्राप्त सुझावलाई समावेश गरी अन्तिम प्रतिवेदन पालिकालाई बुझाउने उक्त परामर्श सेन्टरले जनाएको छ ।

संक्षिप्त भौतिक पूर्वाधार विकास योजनाभित्र आगामी पाँच वर्षमा गाउँपालिकाको कुन ठाउँमा कस्ता पूर्वाधार निर्माण हुन्छन् भन्ने यकिन हुने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । “यो योजना भूउपयोग योजनाजस्तै हो, बस्ती आवास, औद्योगिक, व्यापारिक क्षेत्र निर्धारण हुने र पाँच वर्षमा एकीकृत विकास गर्न सकिने योजना समावेश हुनेछन्”, उहाँले भन्नुभयो, “पालिकाभित्र अब बनाउनुपर्ने सडक, अस्पताल, स्वास्थ्यचौकी, खेलमैदान, बसपार्क, आश्रयस्थल, विद्यालयको पहुँच मार्ग निर्माणलगायतका विषय योजनामा समावेश हुनेछन् ।”रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>