राजनीति

पराजित भए पनि मतदातालाई धन्यवाद दिन एमाले नेता ज्ञवाली व्यस्थ

Banner

गुल्मी, मंसिर २२-

निर्वाचनमा पराजित भएका नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली हाल मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका छन् ।

ज्ञवालीको धन्यवाद कार्यक्रम जिल्लामा एक सातासम्म सञ्चालन हुने नेकपा एमाले गुल्मीका जिल्ला कमिटी सदस्य काशी पाण्डेले बताए । चुनावका बेला मत माग्न पुगेका चुनाव क्षेत्रका बिभिन्न स्थानमा पुगेर मतदातालाई धन्यवाद दिने कार्यक्रम राखिएको पाण्डेले बताए ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी–१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीसँग १५ सय मतान्तरले ज्ञवाली पराजित भएका थिए ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>