राजनीति
माओवादी र एसको तत्काल एकता हुँदैन: राजेन्द्र राई
०

काठमाडौँ, मंसिर २२-
नेकपा (एकीकृत समाजवादी)का सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माओवादी केन्द्रसँग तत्काल पार्टी एकता नहुने बताएका छन् ।
आगामी ५ वर्षको अवधिमा एमालेसहितको वामपन्थी एकताको सम्भावना रहेको भएपनि माओवादीसँगको एकता तत्कालै नहुने उनले बताए ।
‘माओवादी र नेकपा एससँग मात्रै अहिले तत्कालै एकता हुँदैन,’ राईले भने, ‘वृहत् वामपन्थी एकता हुने अवस्था सिर्जना गरेर मात्रै एकता हुन्छ ।’ उनले तत्कालका लागि एमाले बाहेकको एकता हुने र अन्तिममा एमालेसँग पनि एकता हुनसक्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























