राजनीति

कांग्रेस नेता शाहीले भने-महागठबन्धनभन्दा एमाले किन बलियो भयो ?

Banner

काठमाडौं, मंसिर २२-

नेपाली कांग्रेसका युवा नेता तथा तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाहीले एमालेलाई परास्त गर्ने भनेर ५ दलको महागठबन्धन गर्दा पनि एमाले नै सशक्त देखिएको भन्दै गम्भीर भएर सोच्न आह्वान गरेका छन् ।

कांग्रेसमा समानता र न्यायको अभियानको संयोजनसमेत गरिरहेका नेता शाहीले पद होइन पार्टीको चिन्ता गरौं भन्दै कांग्रेसमा १० बुँदे प्रस्ताव र प्रश्न उठाएका छन् । शाहीले समानुपातिकमा कांग्रेसको मत घट्नु र एमाले पहिलो हुनुको जिम्मेवारी पदाधिकारीले लिनु पर्ने कि नपर्ने भन्ने प्रश्न उठाएका छन् ।

कांग्रेसको कर्णाली प्रदेश सभापतिमा पराजित भएपछि औपचारिक जिम्मेवारी नपाएका शाही यसपटक टिकटबाट समेत बन्चित भएका थिए । उनले चुनावअघि शेखर गगन समूहबाट दबाब अभियान चलाएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>