राजनीति

सरकार बनाउने तयारीमा गठबन्धन, एमाले ‘पर्ख र हेर’को नीतिमा

Banner

काठमाडौँ, मंसिर २१–

कांग्रेससहितका गठबन्धनका दलहरूले नयाँ सरकार बनाउने तयारी गरिरहँदा एमालेले भने ‘पर्ख र हेर’को नीति लिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले अहिलेको गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । तर एमालेले सरकार गठनका लागि कुनै पहल थालेको देखिन्न ।

प्रत्यक्षतर्फ ४४ सिटमा जित निकालेको एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने पक्का छ । यस हिसाबले एमाले ७८ सिटसहित दोस्रो दल बनेको छ । कांग्रेस प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटसहित पहिलो दल बनेको छ ।

यी दुई दलले सरकार गठनको पहल लिनुपर्नेमा कांग्रेसले आफू नेतृत्वको सत्ता गठबन्धन र एमालेबाहेकका दलहरूलाई मिलाएर सरकार गठनको पहल गरिरहेको छ । एमालेले भने देखिनेगरी कतै कुनै पहल गरेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>