देश/प्रदेश

७५ रुपैयाँको लेनदेनमा कुरा नमिल्दा महिलाको गोली हानी हत्या, सात पक्राउ

Banner

काठमाडौँ, मंसिर १७-

भारतको राजस्थानको करौली जिल्लाको मालपुर थाना क्षेत्रमा बुधबार एक महिलाको गोली हानी हत्या गरिएको छ ।

बीबीसीका अनुसार घटना रोक्न प्रयास गरिरहेका अन्य दुई युवा घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न सात आरोपीहरूलाई शुक्रबार पक्राउ गरेको छ ।

मसलपुर प्रहरी चौकीका प्रमुख पुरुषोत्तम सिंहले बीबीसीलाई भने, ‘देवरी गाउँमा मृतक महिलाको परिवारले खेत जोत्न ट्याक्टर मागेको थियो, जोतिसकेपछि पीडित पक्षले सवा बिघा खेत जोतिएको बताएको थियो भने अभियुक्त पक्षले डेढ बिगा भएको जिकिर गरेको थियो । आधा बिघा जग्गा कम कि बढी जोतेको भन्ने विवाद बढ्दै गएपछि घटना भएको हो।’

उनले भने, ‘सुरुमा ७५ रुपैयाँको लेनदेनमा कुरा नमिल्दा गोली हानेर हत्या भएको घटना बाहिर आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>