देश/प्रदेश
राइनासमा श्रीमान-श्रीमतीबीच जोडी हाजिरिजवाफ प्रतियोगिता
०

लमजुङ, मंसिर १७-
राइनास नगरपालिकामा श्रीमान-श्रीमतीको जोडी हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा राइनास नगरपालिका३ डम्बर कुमारी र राजमान तामाङको जोडी प्रथम भएको छ ।
नौ जोडीको सहभागिता रहेको प्रतियोगितामा उदयराज र भवानी पोख्रेलको जोडी द्वीतिय, वीरबहादुर र शर्मिला नेपालीको जोडी तृतीय तथा यादवराज र भगवती पाण्डेको जोडी सान्त्वना भएका छन् ।
राइनास नगरपालिका महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























