चितवन विशेष

रवि लामिछानेलाई प्रेम बानियाको सुझाव–धेरैतिर जस खोज्नु राम्रो होइन, डोजर नहँसाउनुस्

Banner

चितवन, मंसिर १७–
चितवन क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पूर्व सञ्चारकर्मी प्रेम बानियाले कार्यशैलीप्रति सुझाव दिएका छन् । हाल अमेरिकामा रहेका बानियाले डोजरसँगको रविको फोटो फेसबुकमा राख्दै अब गम्भिर हुन रविलाई सुझाएका छन् ।

सिंगो युवा पुस्ताको उदय र विलयसँग रवि जोडिएको भन्दै उनले अब ‘स्टन्ट’ र ‘स्कुप’ नखोज्न आग्रह गरे । धेरैतिर जस खोज्नु राम्रो नहुने भन्दै उनले मानोपाथी नभएर मानक बन्न सुझाए ।

उनले यसरी लेखेका छन्–‘प्रिय रबिजी, अब अलि ‘सिरियस’ हुनेबेला आयो है । सिंगो युवा पुस्ताको उदय र विलयसँग तपाईं जोडिनु भएको छ । त्यसैले ‘प्लिज’ हिजोको ह्यांगओभरबाट बाहिर आउनुस् । अब तपाईं स्वयम् देशको विशेष ‘कन्टेन्ट’ हो । अब पनि ‘स्टन्ट’ र ‘स्कुप’ खोज्न थाल्नुभयो भने धेरै कुरा बिग्रिन्छ । जुगेडी खोलाको पानी रामनगर पु¥याउन अस्ति भर्खर चुनाव जितेको तपाईंको के योगदान छ, त्यो त मलाई थाहा भएन । तर यस्ता विषयहरूमा तपाईंले भन्दा पनि अरूहरूले पोष्ट गरिदिएको भए राम्रो हुन्थ्यो । अनि धेरै तिर ‘जस’ खोज्नुपनि राम्रो होईन । मानक बन्नुस न कि मानोपाथि । किन यस्तो हल्लाखल्लामै हो के तपाई ? डोजर नहसाउनुस् यसरि । अब क्रमश सुझावहरू पाउनुहुनेछ ।’

रविले शुक्रबार रामनगरका स्थानीयसँग खोनपानीको पाइप विछ्याउनका लागि झाडी फाडेको र डोजरको आडमा उभिएको फोटो फेसबुकमा पोष्ट गरेका थिए । पाइप बिच्छाउने स्थानको ७ किलोमिटरको दुरि मध्य करिब २.५ किमीमा झाडि फाड्ने र खाडल खन्ने कामको थालनि भएको र केही दिनमा यसले पुर्णता पाउने उनले बताएका थिए । विसं २०५२ सालदेखि अलपत्र योजनालाई सबै मिलेर सम्भव बनाउने उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>