तनहुँ

देवघाटलाई नारायणगढसँग नजिक बनाउन ठिमुराको पुल निर्माण हुन्छः नेता पौडेल

Banner

देवघाट,मंसिर १५-

नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् सांसद रामचन्द्र पौडेलले देवघाट गाउँपालिकाको गौरवको योजनाको रूपमा एक सय २६ मेगावाट विद्युत् परियोजना रहेको बताउनुभएको छ । जिल्लाको देवघाट गाउँपालिका कार्यालयले बिहीबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले जिल्लाको साराङ्घाटमा बाँध बाँधेर गाईघाटमा पानी झारेर विद्युत् उत्पादन गर्न लागेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “गाईघाटमा पुल निर्माण गर्ने योजना पनि अघि बढाइएको छ ।”

देवघाटलाई नारायणगढसँग नजिक बनाउन ठिमुराको पुल निर्माण कार्यलाई प्राथामिकता दिएर काम गर्न लागिएको उहाँले बताउनुभयो । त्यसैगरी शालिकराम करिडोर क्षेत्रमा बाँकी रहेको कालोपत्र कार्यलाई निरन्तरता दिएर काम गर्न लागेको उहाँले बताउनुभयो । आफ्ना अपूरा योजनालाई पूरा गर्दै गाउँ–गाउँमा बस्ने वातावरण सिर्जना गरी रोजगारीको व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनका लागि गठबन्धन गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कांग्रेसले मात्रै दुईतिहाइको बहुमत ल्याउन नसक्ने देखिएकाले गठबन्धन गरेर अघि बढेका छौँ ।”सङ्घीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्ने देखिएकाले त्यसको रक्षा गर्दै देशमा सुशासन कायम गर्न गठबन्धन गरिएको उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>