चितवन विशेष

चितवन २ : प्रत्यक्षतर्फ ३ प्रतिशत मत बदर, कुन उमेदवारले कति मत पाए ?

Banner

चितवन, मंसिर १०–

चितवन क्षेत्र नं २ मा प्रत्यक्षतर्फ खसेको मतको ३.८८ प्रतिशत मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार चितवन २ मा प्रत्यक्षमा ८४ हजार १७ मत खसेको थियो । त्यसमध्ये ३ हजार २६४ मत बदर अर्थात् ३.८८ प्रतिशत मत बदर भएको हो ।

सदर मतमध्ये सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४९ हजार ३०० मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत ल्याए भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याए ।

चितवन २ मा उमेदवारी दिएका १३ जना उमेदवारले एक हजार मत पनि कटाउन सकेनन् । उनीहरु सबैको जमानत जफत भएको छ । ९५५ मत ल्याएका राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन अधिकारीको पनि जमानत जफत भएको छ । मंगोल नेशनल अर्गनाइजेशनका टेकबहादुर तामाङले २७७, हाम्रो नेपाली पार्टीका अमृत तामाङले १४९, स्वतन्त्र उमेदवार भाष्करचन्द्र न्यौपानेले ८४ मत ल्याए ।

त्यस्तै, स्वतन्त्र उमेदवार देवीका कुँवरले ६३, जसपा नेपालका मुस्तफा अलीले ६२, जन समाजवादी पार्टी नेपालका प्रभा त्रिपाठीले ५८, नेपाल मजदुर किसान पार्टीका ज्ञानेन्द्र प्रजाले ५५, स्वतन्त्र उमेदवार अंगुर पन्तले ४६ र सुन्दर डल्लाकोटीले २६ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुनिल कुमार क्षेत्रीले २०, स्वतन्त्र उमेदवार सुदर्शन प्रधानले १४ र खेमराज भट्टाराईले ४ मत पाए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>